नेभिगेशन
जीवनयापन

नागरिकता विधेयकमा सत्ता गठबन्धनले राष्ट्रघात गर्‍यो : कमल थापा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विवादित नागरिकता विधेयक पारित गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक हुबहु बहुमतले पारित गरेपछि थापाले यस्तो भनेका हुन् । उनले राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित गरिनु दुर्भाग्यपूर्ण रहेको पनि बताएका छन् । ‘पुनर्विचारका लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ’, उनले भनेका छन्, ’विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ ।’ https://twitter.com/KTnepal/status/1560261142433640448?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1560261142433640448%7Ctwgr%5E16a2d73ed084671a4a78516e1a433ebde8b4b0b9%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fpolitics%2F140434-2022-8-18-19-34-11  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्