नेभिगेशन
जीवनयापन

चट्याङ लागेर जुम्लामा १२ वटा गोरु र एउटा गाई मरे

जुम्ला - जुम्लामा चट्याङ लागेर १२ वटा गोरु मरेका छन् । कनकासुन्दरी गाउँपालिका-१ मा चट्याङ लागेर १२ वटा गोरु र एउटा गाई मरेको वडाध्यक्ष भिमबहादुर भण्डारीले जानकारी दिएका छन् । मर्फानको डोरपाटनमा गाईबस्तु चराउन लगेको बेला चट्याङ लागेर १२ वटा गोरु र एउटा गाई मेरका हुन् । वडाध्यक्ष भिमबहादुर भण्डारीका अनुसार २७ गते राति पाटनमा वर्षा भइरहेको समयमा ओडार नजिकै ओत लागेको बेला चट्याङ लागेर गाई-गोरु मरेका हुन् । ९ जना किसानका गोरु र गाई मेरको वडाध्यक्ष भण्डारीले जानकारी दिए । चट्याङ लागेर मरेका गाई-गोरुको स्थलगत अनुगमन तथा प्रहरी मुचुल्का समेत भइसकेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले घटनाको मुचुल्का भइसकेको र आवश्यक कागजातहरु जिल्लामा मगाएको बताइएको छ । कार्यालय प्रमुख गोविन्दबहादुर महतले प्रहरी मुचुल्का र प्रमाणको आधारमा किसानलाई राहत प्रदान गर्ने तयारी भइरहेको जनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्