नेभिगेशन
मनोरञ्जन

बाबरीमा अदिती पाउन दुई धिरजको संघर्ष

काठमाडौं– आगामी असोज १४ गतेबाट रिलिज हुने फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ । धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर फिल्मको ट्रेलरमा अदितीलाई पाउन दुई धिरजको संघर्ष देखाइएको छ। सिक्किममा छायांकन गरिएको फिल्ममा नाडकरको डेब्यु अभिनय हो । सुरेन्द्र पौडेल निर्देशित र सम्पादित फिल्ममा बादल भट्ट, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी फिल्मका निर्माता छन् । https://www.youtube.com/watch?v=ooSHP6cwnGA
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना