नेभिगेशन
समाचार

कांग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडाैँ– सत्तासीन नेपाली कांग्रेसले गत ३० वैशाखको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख/उपप्रमुखदेखि जिसस प्रमुख/उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिन लागेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार