नेभिगेशन
समाचार

एमाले भर्सेज सत्तागठबन्धन: गठबन्धनलाई पछि पार्न कस्तो रणनीति तय गर्दैछ एमाले ?

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने सत्तागठबन्धनको निर्णयसँगै एमालेलाई चुनौती थपिएको छ ।  २०७४ सालको निर्वाचनमा वाम शक्ति बीचको गठबन्धनमा पहिलो दल बनेको एमालेलाई अहिले समिकरण फेरिँदा शीर्ष नेताहरूलाई चुनाव जित्न कठिन पर्ने देखिएको छ । एमाले अध्यक्ष ओलीलाई नै झापा क्षेत्र न‍ ५ मा राप्रपाको साथ आवश्यक रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।  स्थानीय तहको निर्वाचनमा अध्यक्ष ओलीको गृह नगर दमकमा राप्रपाका उम्मेद्वार विजय भएका छन् । राष्ट्रिय सभाको नितर्वाचनदेखि स्थानीय तहको निर्वाचनमा सम्म आइपुग्दा सत्ताधारी दलहरूको तालमेलका कारण एमालेले धेरै क्षति बेहोर्दै आएको छ । तरपनि एमालेले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने नेकपा एमालेका नेता डा. राजन भट्टराई दाबी गर्छन् । उनी भन्छन्, ‘गठबन्धनले हामीलाई केही फरक पर्दैन, जनता हाम्रो पक्षमा छन्, हामी एक्लै लड्छौं, बहुमतको सरकार बनाउँछौं ।’
अझ २/२ पटक गरेको संसद् विघटन र विना कारण ६ महिना संसद् अवरोध गरेका कारण एमालेलाई जनताले सहजै मत दिने अवस्था छैन । मधेश प्रदेशमा केही शक्ति सुधार गरेपनिअन्य प्रदेशमा भने एमालेको लाकप्रियता गुम्दै गएको छ। 
त्यसो त एमालेले स्थानीय तहको निर्वाचनमा पनि ६० प्रतिशत भन्दा धेरै पालिका जित्ने दाबी गरेकोमा जम्मा २७ प्रतिशत स्थानीय तहको पालीका प्रमुख जित्न सफल भएको थियो । स्थानीय तहको निर्वाचनमा राप्रपा, राप्रपा नेपाल, नेपाल परिवार दल, केही स्थानमा लोसपासँग पनि चुनावी तालमेल गरेको एमालेले, एक्लै निर्वाचन लडेर बहुमत ल्याउने दाबी गरे पनि परिस्थिति एमालेले भने जस्तो सहज छैन ।  सत्ताधारी दलहरूले लोकतान्त्रिक समाजवादीलाई पनि सत्तागठबन्धनमा सहभागी गराउने निर्णयले एमालेलाई थप चुनौती थपिएको राजनीतिक विश्लेषक प्राडा राजेन्द्र चापागाईं बताउँछन् ।  एमालेले एकातिर पाँच दलीय सत्तागठबन्धनको सामना गर्नु पर्ने छ भने, अर्कातिर एमालेले जनता रिझाउने चुनावी एजेण्डा पनि गुमाउँदै गएको छ । त्यसैमाथि एमालेले विभाजन भएर तीन टुक्रा बनेको छ । एमसीसी, नागरिकता विधेययक, अर्थमन्त्री प्रकरणमा जस्ता काण्डमा सशक्त आवाज उठाएको भए एमालेलाई केही राहत मिल्न सक्थ्यो । तर पानी माथिको ओभानो बन्न खोज्दा एमालेले चुनावी एजेण्डा गुमायो ।  अझ २/२ पटक गरेको संसद् विघटन र विना कारण ६ महिना संसद् अवरोध गरेका कारण एमालेलाई जनताले सहजै मत दिने अवस्था छैन । मधेश प्रदेशमा केही शक्ति सुधार गरेपनिअन्य प्रदेशमा भने एमालेको लाकप्रियता गुम्दै गएको छ।  अघिल्लो निर्वाचनमा अध्यक्ष ओलीकै कारण धेरै मत पाएको भएपनि अहिले ओलीको प्रोफाइल खस्कँदै जाँदा मधेशमा पनि एमालेलाई असहज हुने देखिन्छ । यद्यपी मतदाताले हालेको अन्तिम मतगणनाा नगर्दा सम्म भने कसले निर्वाचन जित्छ, यसै भन्न सक्ने अवस्था भने अहिलै छैन ।   
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार