नेभिगेशन
समाचार

बाबुराम र प्रचण्डको पार्टी एकै चुनाव चिन्हमा लड्ने

काठमाडौं–नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र एकै चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न सहमत भएका छन् । आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्टामा समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जाने सहमति भएको हो । दुवै पक्षबीच सोमबार लिखित सहमति गर्ने गृहकार्य भइरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार समाजवादी पार्टीका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने अडान राखेका छन् । नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । समाजवादीका एक पदाधिकारीका अनुसार जसपामा असन्तुष्ट सांसद पार्टीको सम्प्र्कमा रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार