नेभिगेशन
समाचार

अबको प्रधानमन्त्री को ? 

काठमाडौं – आगामी मंसिर ४ गतेका लागि तय गरिएको संघीय निर्वाचनका लागि दलहरूले तीब्र तयारी थालेका छन् । निर्वाचन पछि प्रधानमन्त्री बन्न चाहनेहरुको यतिबेला होड नै चलेको छ । एक दर्जन भन्दा बढी नेताहरूले निर्वाचन पछि देशको कार्यकारी प्रमुख भएर नेतृत्व गर्ने इच्छा देखाएका छन् ।  प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरी प्रधानमन्त्री हुने रेसमा छन् । ज्योतिषले सात पटक सम्म प्रधानमन्त्री हुने बताएपछि देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री देउवा, केहीगरि आफू प्रधानमन्त्री हुन नसके पत्नी आरजु देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने बुझिएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालसँगको भद्र सहमति अनुसार मंसिर पछि प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधाआधा कार्यकाल प्रधानमन्त्री हुने र शेरबहादुर देउवा राष्ट्रपति हुने सम्मका सहमती भइसकेका समाचार सार्वजनिक भएका छन् ।  कांग्रेस नेता प्रकाशमान श्रेष्ठले एक पटक प्रधानमन्त्री भएर देशको सेवा गर्न मन भएको भन्दै आगामी निर्वाचन पछि प्रधानमन्त्री हुने इच्छा देखाएका छन् । १४ औं महाधिवेशनमा सभापतिको पदमा शेरबहादुर देउवासँग पराजित भएका डा शेखर कोइरालाले फेरी एक पटक संसदीय दलमा प्रधानमन्त्री देउवासँग भिड्ने इच्छा देखाएका छन् ।  यता १४ औं महाधिवेशनमा सभापतिमा पराजित विमलेन्द्र निधिले पनि प्रधानमन्त्री हुने इच्छा देखाएका छन् । महामन्त्री गगन थापा पनि अब युवाको पालो भन्दै प्रधानमन्त्री हुने तयारीमा छन् । मंसिर पछि एक दर्जन भन्दा बढीले प्रधानमन्त्रीका रुपमा दाबी गरेकोमा आधा दर्जन भन्दा बढी त सत्तारुढ दलबाटै दाबी गरिएको छ । 
निर्वाचन पछि प्रधानमन्त्री हुन एक दर्जन बढीले इच्छा देखाएका बेला जनताले कस्ता उम्मेद्वारलाई मत देलान भन्ने सर्वत्र चासोको विषय बनेको छ । स्थानीय तहको निर्वाचनमा पुराना दलको विरासतलाई भत्काउँदै स्वतन्त्र उम्मेद्वारलाई मत दिएका जनताले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्रीका रुपमा अघि सार्लान त ? 
भीम रावल र घनश्याम भुसालले चुनौती नदिए एमालेको सरकार बनेको खण्डमा अध्यक्ष ओलीले नै नेतृत्व गर्ने सम्भावना छ । एमालेले ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जाने बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त आफू अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा रहेको सार्वजनिक रूपमै बताइसकेका छन् ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखि नेपाल समाजवादी दलका अध्यक्ष डा बाबुराम भट्टराई पनि अन्तिम पटक प्रधानमन्त्री हुने गरी तयारी गरेका छन् । वामदेव गौतमले पनि प्रधानमन्त्री बन्नकै लागि तीब्र तयारी गरेका छन् । यता राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि तयारीका साथ चुनावमा आउँदैछन् ।  स्थानीय तहको निर्वाचनमा गठबन्धनको सहारा बिना देशभर एक्लै उम्मेद्वार उठाएको राप्रपाले आगामी निर्वाचनमा अध्यक्ष लिङदेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जाँदैछ । विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र पनि प्रधानमन्त्रीकै दौडमा छन् । पुराना दलको भन्दा फरक विचार र एजेण्डा लिएर पाँच वर्ष अघि वैकल्पिक दलको स्थापना गरेका मिश्रले विचार भन्दा माथी देशको एजेण्डा लिएर आगामी निर्वाचनमा लड्दैछन् ।  पूर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले पनि आगामी निर्वाचन पछि प्रधानमन्त्री हुने र देशको नेतृत्व गर्ने गरी तयारी गरेका छन् । निर्वाचन पछि प्रधानमन्त्री हुन एक दर्जन बढीले इच्छा देखाएका बेला जनताले कस्ता उम्मेद्वारलाई मत देलान भन्ने सर्वत्र चासोको विषय बनेको छ । स्थानीय तहको निर्वाचनमा पुराना दलको विरासतलाई भत्काउँदै स्वतन्त्र उम्मेद्वारलाई मत दिएका जनताले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्रीका रुपमा अघि सार्लान त ?  निर्वाचन पछि देशको नेतृत्व गर्न एक दर्जन भन्दा धेरै व्यक्तिले इच्छा देखाएपनि देशले राजनीतिक स्थिरता पाउने सम्भावना भने अत्यन्तै न्यून छ । देशको निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत नआउने र दुई वा दुई भन्दा धेरै दलहरूले गठबन्धन गरेर सरकार बनाउँदा देशमा फेरी राजनीतिक अस्थिरताले ठाउँ पाउने जानकारहरु बताउँछन् ।  निर्वाचन पछि जो प्रधानमन्त्री भएपनि जब सम्म जनतालाई मनमा र देशलाई शिरमा राखेर काम गर्न आवश्यक छ । प्रधानमन्त्री बन्नकै लागि मात्रै प्रधानमन्त्रीको बन्नु भन्दा पनि देश र जनताको सेवा गर्न प्रधानमन्त्री बन्न आवश्यक छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार