नेभिगेशन
जीवनयापन

काग्रेसको पदाधिकारी बैठक गगन थापाको अध्यक्षतामा

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । सभापति शेरबहादुर देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि थापाको अध्यक्षतामा बसेको हो । सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएका छन् । स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिए । कांग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना सहमहामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्