नेभिगेशन
मनोरञ्जन

झिँगेदाउ ट्रेलरमा केकी र आँचलको झगडा

काठमाडौं–ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विवाह पछि एक घरमा उत्पन्न तनावलाई देखाइएको छ । अभिनेताद्वय मुकुन भुषाल र कुशल विष्टले केकी अधिकारी र आँचल शर्मालाई विवाह गरेपछि उनीहरुको घरमा हुने झगडालाई देखाइएको छ । फिल्ममा केकी र आँचल देवरानी जेठानीको भूमिकामा छन् । फिल्म आगामी भदौ १७ गते प्रदर्शनमा आउँदैछ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ’मा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भीमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कृतिमाथि बनेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । https://www.youtube.com/watch?v=wGiBwLcrNFU
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना