नेभिगेशन
समाचार

ओलीको आरोप : कांग्रेसको मति कहिल्यै फेरिएन

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म कांग्रेसको मतिमा कुनै परिवर्तन नआएको बताएका छन् ।

२५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई कांग्रेसले हत्या गरेको भन्दै विरोध गरेका हुन् ।

आज पनि एउटा देशभक्त, शान्तिपूणर् रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने, ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन । ’

जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस नेतृत्वको सरकारले गरेको ओलीको भनाइ छ । उनले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा थुप्रैमध्ये भिमदत्त पन्तलगायतका सहिदलाई सहिदको सम्मान दिने निणर्य गराएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार