नेभिगेशन
समाचार

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली आज बिहान १० बजे काठमाडौँबाट भद्रपुरका लागि उडेका हुन् । अध्यक्ष ओली तीन दिनका लागि झापा पुगेका हुन् । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग-अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । १२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरिसके पछि काठमाडौँ फर्कने कार्यक्रम तय गरिएको नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार