नेभिगेशन
समाचार

एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा जाँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तीनदिनका लागि गृह जिल्ला झापा जाने भएका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग भेटघाट गर्ने छन् । आजदेखि १३ गतेसम्म अधयक्ष ओली झापामा रहने छन् । आज अध्यक्ष ओली बिर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ । १२ गते बिहान उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जाने छन् । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यालयमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस दिन विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । १३ गते पनि गृह जिल्लामा हुने राजनीतिक भेटघाट तथा भेलामा सहभागी भएर अध्यक्ष ओली अपरान्ह ५ बजे काठमाडौं फर्कने कार्यक्रम तय गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार