नेभिगेशन
समाचार

नागरिकता विधेयकको बिरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ– प्रतिनिधिसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । मंगलबार बिहान स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले नेपाली सँग विहे गरेर आएकी बुहारीलाई तत्काल नागरिकता दिने प्रावधान गलत भएको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई सहजै नागरिकता दिन आदेश दिए जस्तो प्लेकार्डहरु बोकेका थिए। ५ दिन पहिला प्रतिनिधिसभाले द्रुत प्रक्रियाबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको थियो। गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसद् बैठकमा राखेका थिए। अहिलेको विधेयकमा गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान नयाँ भएको तर त्यसमा राजनीतिक अधिकार भने दिइएको छैन। प्रतिनिधिसभामा भएको छलफलमा उक्त विधेयक अपुरो भएको र पर्याप्त छलफल नगरी पारित गर्न लागिएको भन्दै कतिपय सांसदहरूले असन्तुष्टि जनाएका थिए। अब यो विधेयक राष्ट्रियसभामा पठाइनेछ र त्यहाँबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनी स्वरूप लिनेछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार