नेभिगेशन
समाचार

नागरिकता विधयेकको विरोधमा राजधानीमा राप्रपा नेपालका विद्यार्थीको राँके जुलुस

काठमाडौँ - प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयकको विरोधमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस निकालेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन् । नागरिकता संवेदनशील विषय भएको र मुलुकको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएकोले विरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए । विवाह गर्नासाथ कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति संसारमा कहीँ नभएको भन्दै विद्यार्थी नेताहरुले आक्रोश व्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा बिमति नभएको तर विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने कुरा अस्वीकार्य भएको नेताहरुले बताएका छन् । सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निणर्य गर्नेहरुलाई जनताले दण्डित गर्नुपर्ने उनीहरुको धारणा छ । विदेशबाट विवाह गरेर आएकाहरुलाई समयसिमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने प्रदर्शनकारीहरुको माग रहेको संगठनका सदस्य सचिव त्रिविक्रम सिंहले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार