नेभिगेशन
समाचार

राजा राखेरै देश समृद्ध बन्छ : लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजादेखि कोही डराउनु नपर्ने बताए । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले देशमा पूर्ण समानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने बताए । देशको बोझको रूपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए । उनले स्वतन्त्रताको नाममा अभिभावकविहीन ढंगले कुनै काम गरे दुर्घटना मात्र हुने तर्क गरे ।ड
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार