नेभिगेशन
समाचार

सिंहदरबारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं - सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड र गौतमबीच सोमबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । उनीहरूबीच करिब आधा घण्टा छलफल भएको जनाइएको छ । भेटमा वाम एकतालगायतका विषयमा कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएका छन् । पछिल्लो पटक वाम एकताका लागि भन्दै नेताहरूको भेटघाट सघन बन्दै गइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार