नेभिगेशन
जीवनयापन

‘नेपाल हुँदै भारत पुर्‍याइन्छ उज्वेकिस्तानका युवती’

काठमाडौँ– भारतमा रोजगारी दिने बहानामा उज्वेकिस्तान र यस वरपरका देशबाट युवती नेपाल हुँदै भारत लगिने गरेकाे तथ्य सार्वजनिक भएको छ । दिल्ली प्रहरीले आइतबार मालवीय नगर क्षेत्रमा छापा मार्दा यो तथ्य सार्वजनिक भएको टाइम्स् अफ इण्डियाले लेखेको छ । उनीहरुलाई यौनकर्मीको रुपमा काम गर्न बाध्य पार्ने प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार यी युवतीहरू बिना कागजात भारत प्रवेश गरेको आरोप लागे पनि उनीहरूलाई देहव्यापारमा संलग्न भएको मुद्दा दायर गरिएको छैन। प्रहरीले १० जना युवतीविरुद्ध विदेशी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको र उनीहरुलाई अदालतमा पेश गरी तिहाड जेल पठाइएको बताएको छ । उनीहरूबाट अहिलेसम्म कुनै कागजात प्राप्त भएको छैन र उनीहरुको बयानका आधारमा मात्र उनीहरू उज्वेकिस्तानका नागिरक हुन् भन्ने पत्ता लागेकाे हाे । तर, अझै अन्य कागजातहरू छैनन् र उनीहरूको कागजातहरू तयार भएपछि उनीहरूलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ। प्रहरीले बताएका अनुसार उज्बेकिस्तान वा छिमेकी देशका अधिकांश केटीहरूलाई पहिले हवाईजहाजबाट नेपाल ल्याइन्छ । उज्जेकिस्तानका नागरिकले नेपालमा अन अराइभल भिसा पाउने हुँदा उनीहरुलाई नेपालबाट भारत पु¥याउँदा सजिलो हुने भएकाले उनीहरुले नेपालको रुट प्रयोग गर्ने प्रहरीले बताएको छ । त्यसपछि उनीहरू बुर्का लगाएर सीमा पार गर्थे, प्रहरीले थप स्पष्ट गरेको छ । प्रहरी नायब उपरिक्षक विचित्र वीरले अहिलेसम्म विदेशीसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए । पहिचान हुनेमा मोहम्मद अरुप (३४), चन्दे सहिनी (३०), अली शेर तिल्लादेव (४८), जुमाएवा अजिजा (३७) र मेरेदोब अहमद (४८) रहेका छन् । लगातारको सोधपुछमा टर्कीस नागरिक जुमाइभा अजिजा र उनका श्रीमान् मेरेदोब अहमद देहव्यापारको प्रमुख भएको भएको खुलासा भयो। उज्बेक नागरिक अली शेर तिल्लादेवले विदेशी महिलालाई आफ्नो देशबाट राम्रो काम दिने बहानामा भारत लैजान्थे र त्यसपछि अजिजा र उनका श्रीमानलाई सुम्पिदिन्थे। दम्पतीले विदेशीलाई वेश्यावृत्तिमा लगाउन बाध्य तुल्याउने गरेको प्रहरीले जनाएको छ । उक्त घरलाई अजिजाका एजेन्टले भाडामा लिएको थिए र जो अझै फरार रहेको प्रहरीले जनाएको छ । (एजेन्सीकाे सहयाेगमा)  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन