नेभिगेशन
जीवनयापन

सर्वोच्चको आदेश : तत्काल ‘गाई’ चिह्न कसैलाई नदिनू

काठमाडौँ - सर्वोच्च अदालतले ’गाई’ चुनाव चिह्न कसैलाई नदिन आदेश दिएको छ । न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटको अन्तिम टुंगो नलागेसम्म ‘गाई’ चिह्न कसैलाई नदिन अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले गत असार २७ गते राष्ट्रिय जनवार कुनै दललाई दिन नहुने भन्दै निणर्य गरेको थियो । सोही निर्णयविरुद्ध थापाले उजुरी दिएका थिए ।

आयोगको निर्णयमा कुनै कानुनी आधार उल्लेख नगरेको अदालतको ठहर छ । त्यस्तै असार २७ को निर्णय यथास्थितिमा राख्न समेत आदेशमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन