नेभिगेशन
समाचार

बजेट प्रकरणः सिसिटभी फुटेजको रिर्पोट भोलि बिहान खोलिने

काठमाडौँ–  पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिसिटिभी फुटेजको रिपोर्ट भोलि बिहान ८ बजे खोल्ने भएको छ। प्रहरीको फरेन्सिक ल्यावले सिसिटिभी फुटेजको रिपोर्ट आज समितिलाई बुझाएसँगै भोलि बिहान रिपोर्ट खोलिने भएको हो। आजको बैठकमा पनि जनार्दनको फोन कल डिटेल माग्ने विषयमा समितिमा विवाद भएको थियो। आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसदले छानबिन गर्न विशेष समिति गठन गरेको छ। हिजो बसेको बैठकले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसीटिभी फुटेज मगाउने निर्णय गरेको थियो। अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितिलाई जवाफ दिनेक्रममा शर्माले आरोप अस्वीकार गरिसकेका छन्। पटक–पटक संसद बैठकमा पनि उनले आरोप अस्वीकार गर्दै आएका छन्। छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक र कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवालीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार