नेभिगेशन
जीवनयापन

नयाँ बसपार्कको गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कृत

काठमाडौं - काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा एक १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका-८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन