नेभिगेशन
समाचार

नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल

काठमाडौँ– नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् । बैठकमा सचिव फुयाँलले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश सभा समक्ष जानकारी गराएका छन् । यसैगरी खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि पेस गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार