नेभिगेशन
जीवनयापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध साउदी रियालसहित दुई जना पक्राउ

काठमाडौँ– अवैध रूपमा विदेशी मुद्रा बाहिरी मुलुक लैजान लागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियालसहित दुई जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले दुई जनाबाट ७५ हजार रियाल बरामद गरेको हो। तनहुँ भिमाद नगरपालिका–२का २६ वरेषीय मानबहादुर थापा र रौतहट राजपुर गाउँपालिका–६ का ३० वरेषीय शेख फैयाज पक्राउ परेका हुन्। प्रहरीले थापाबाट २५ हजार र फैयाजबाट ५० हजार रियाल बरामद गरेको हो। उनीहरू शनिबार एयर अरेबियाको उडानबाट काठमाडौंबाट शहरजा जान लागेका थिए।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन