नेभिगेशन
जीवनयापन

१६ वर्षपछि फरार अपराधी पक्राउ

सिन्धुपाल्चोक– अङ्गभङ्ग मुद्दामा २ वर्ष कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साबिक स्याउले गा।वि।स–९ हाल चौतारा साँगाचोकगढी नगरपािलका–१ बस्ने वर्ष ४६ का गेदबहादुर कार्कीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०६३ मङ्सिर २६ गतेको फैसलाले कुटपिट, अङ्गभङ्ग मुद्दामा फरार रहेका उनलाई १६ वर्षपछि शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले कार्कीलाई लागेको कैद सजाय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन