नेभिगेशन
जीवनयापन

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बुटवल– पाल्पामा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ। दुर्घटनामा ३ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ। घाइते १७ जनालाई तानसेनस्थित मिसन अस्पतालमा पठाइएकाे छ । बागलुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। बस सडकबाट ४ सय मिटर तल खसेको छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन