नेभिगेशन
जीवनयापन

युक्रेनी युद्धपोत र हतियार मिसाइल आक्रमणमा ध्वस्त भएको रुसको दाबी

किभ– रुसले ओडेसा बन्दरगाहमा गरेको मिसाइल आक्रमणमा युक्रेनी युद्धपोत र अमेरिकाले उपलब्ध गराएको हतियार ध्वस्त गरेको बताएको छ । ओडेसामा रूसको मिसाइल आक्रमणले रूस–युक्रेन अन्न सम्झौतामा नकारात्मक असर पार्न सक्छ। गत शनिबार मात्र रुस र युक्रेनबीच सम्झौता भएको थियो । उक्त सम्झौतामा रुसले युक्रेनको बन्दरगाहमा आक्रमण नगर्ने भनिएको थियो जहाँबाट ब्लाक सी हुँदै खाद्यान्न आपूर्ति गरिने थियो । रुसी रक्षा मन्त्रालयले भन्यो रूसी सेनाले ओडेसा बन्दरगाहमा पार्किङ गरिएको युक्रेनी युद्धपोतमा हमला गरेको थियो, जसमा त्यो पूर्ण रूपमा ध्वस्त भएको थियो। यससँगै युक्रेनबाट ल्याइएको अमेरिकी हतियारको खेप पनि त्यहाँ नष्ट भएको बीबीसीले लेखेको छ । यसअघि रुसी विदेशमन्त्रीका प्रवक्ता मारिया जाखारोभाले रुसी कालिब्र मिसाइलले युक्रेनको ‘गस्ती डुङ्गा’ आक्रमणमा ध्वस्त पारेको बताइन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन