नेभिगेशन
जीवनयापन

साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट सुरु हुँदै

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट सुरु हुँदैछ । च्याम्पियनसिपमा सहभागिता जनाउन भारतको भुवनेश्वर पुगेका नेपाली युवा टोली प्रतियोगिताका लागि तयार छन् । कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार सोमबार ४ः१५ बजे सुरु हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ । माल्दिभ्ससँगको खेल अघि प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले खेलका लागि धेरै मेहेनत गरेको बताए । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए । माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको जनाए । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन