नेभिगेशन
जीवनयापन

आफ्नो जुँगामा गर्व गर्ने केरलकी शायजाको कथा

मुम्बई– ३५ वर्षीया भारतीय महिला शायजाले हालको समयमा सामाजिक सञ्जालदेखि अनलाइनमा सबैको ध्यान आफूतिर तानेकी छन् । हालैमात्र शायजाले ह्वाट्सएपमा जुँगासहितको तस्वीर राख्दै ‘मलाई आफ्नो जुँगा मनपर्छ’ लेखेपछि उनी चर्चाको विषय बनिन् ।

शायरा आफ्नो अनुहारमा आएका ठूला रौंमा देखिएको सार्वजनिक चासो प्रति चिन्ता नरहेको बताउँछिन् ।

जो व्यक्तिहरु फेसबुकमा उनको तस्वीर हेर्छन् या उनलाई व्यक्तिगत रुपमा भेट्छन्, सबैको प्रश्न हुन्छ ‘जुँगा किन राखेको ?’

‘म यति मात्र भन्छु कि मलाई यो मनपर्छ’, शायजा भन्छिन् । शायजा केरलको कन्नूर जिल्लामा बस्छिन् । कैयौं महिलाजस्तै उनको ओठको माथि अनुहारमा वर्षौदेखि केही ठूला रौं थिए ।

उनी आफ्नो आँखी भौं नियमित रुपमा थ्रेड गर्छिन् । तर उनी ओठमाथि आएको ठूला रौंलाई हटाउने विषयमा आफूले कहिल्यै नसम्झिएको बताउँछिन् ।

करीब पाँच वर्ष अघि उनको रौं विस्तारै बढ्दै गयो र जुँगा जस्तो देखिन थाल्यो । तर शायजाले त्यो जुँगालाई नफाल्ने निर्णय लिइन् ।

‘म अब यो बिना बाँच्ने कल्पना पनि गर्न सक्दिनँ । जब कोभिड महामारी सुरु भयो, तब मलाई हरेक समयमा मास्क लगाउन मनपर्दैन थियो किनकी मास्कले मेरो अनुहारलाई छोप्थ्यो’, उनी भन्छिन् ।

आफ्नो जुँगा बारे के भन्छिन् शायजा ? कैयौं मानिसले उनलाई जुँगा हटाउन सल्लाह पनि दिएका थिए । तर शायजाले त्यो सल्लाहलाई अस्वीकार गरिन् । ‘मसँग त्यो कुरा छ, जुन मसँग हुनुहुँदैन थियो । यसले मलाई म कहिल्यै पनि सुन्दर छैन भन्ने कुराको महशुस गराएन’, उनी भन्छिन् ।

महिलालाई उसको अनुहारमा कपाल हुनुहुँदैन भनिन्छ । कपाल भएको अवस्थामा पनि पैसा खर्च गरेर हटाउन या त्यसलाई कुनै आकार दिन भनिन्छ ।

कपाल हटाउने उत्पादनको अरबौं लगानीका उद्योग छन् र उसले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने महिलाका लागि क्रिम, वेक्स स्ट्रिप्स, रेजर र एपिलेटर्स बनाउँछ ।

तर हालैको वर्षमा कैयौं महिलाहरुले यो चलनको विपरित जाने निर्णय लिए र आफ्नो अनुहारमा रौं राख्न मनपराए ।

गिनीज बुक अफ वल्र्ड रेकर्डका अनुसार सन् २०१६ मा बडी पोजिटिभिटीको प्रचारक हरनाम कौर पुरा दाह्री राख्ने विश्वकै कम उमेरकी महिला बनिन् ।

कैयौं स्वास्थ्य समस्याबाट गुज्रिएकी शायजाको १० वर्ष शायजाका लागि जुँगा केवल भाषणको हिस्सामात्र होइन, यो उनको व्यक्तिगत हिस्सा हो ।

‘म त्यही गर्छु, जुन मलाई मनपर्छ । यदी मसँग दुईवटा जीवन छ भने म सायद दोस्रोको लागि बाँच्थें’, उनले भनेकी छन् ।

यसको कारण यो हो कि उनी वर्षौसम्म स्वास्थ्य समस्यासँग जुधिन् । विगत १० वर्षमा उनको ५ सर्जरी भए । पहिलो, उनको स्तनको गाँठो हटाइएको थियो । दोस्रो उनको गर्भासयमा रहेको ट्युमर निकालिएको थियो । पाँच वर्षअघि उनको तेस्रो सर्जरी गर्भासयलाई हटाउनमा गरिएको थियो ।

‘जब म सर्जरीबाट बाहिर आउँछु, मलाई पुनः अपरेसन थिएटरमा जानु नपरोस् भन्ने आशा हुन्छ’, उनले भनेकी छन् ।

कैयौं स्वास्थ्य समस्याबाट बाहिर आएपछि शायजा मजबुत भएकी छन् । उनी आफूलाई खुशी मिल्ने जिन्दगी जिउनुपर्ने सुझाव दिन्छिन् ।

विवाहपछि आएको परिवर्तन शायजाका अनुसार उनी लजालु स्वभावकी थिइन् । उनको गाउँमा बेलुका ६ बजेपछि मात्र महिलाहरु घर बाहिर निस्कन्छन् ।

केरल उच्च विकास मापदण्डमा भारतको प्रगतिशिल राज्यका रुपमा चिन्छि । यसका बाबजुद पनि कैयौं इलाकामा पितृसत्तात्मक सोच कायम छ । यहाँ महिलालाई एक्लै हिँड्न या बस्न हतोत्साहित गरिन्छ ।

उनका अनुसार विवाहपछि छिमेकी राज्य तमिलनाडु पुग्दा उनले नयाँ प्रकारको स्वतन्त्रताको अनुभव लिइन् ।

‘मेरो पति काममा जान्थे र ढिलो गरी घर आउँथे । म साँझको समयमा घर बाहिर बस्थें, कहिलेकाँही मलाई कुनै कुराको आवश्यकता पर्यो भने राती दोकानमा एक्लै जान्थें । त्यहाँ कसैले यसको चासो लिँदैनन् । मैले काम गर्न सिकेपछि मेरो आत्मविश्वास बढ्यो’, उनी भन्छिन् । यो कुरा उनी छोरीलाई पनि सिकाईरहेकी छन् ।

शायजका अनुसार कोभिड महामारीको समयमा उनी मास्क लगाउन चाहन्न थिइन्, किनकी मास्कले उनको जुँगा छोप्थ्यो ।

शायजाको परिवार र उनका साथीहरु उनको जुँगाप्रति समर्थन गर्छन् । उनकी छोरी पनि आमालाई जुँगा सुहाउने गरेको बताउँछिन् ।

शायजा आफूले हरेक किसिमको प्रतिक्रिया सुनिरहेको बताउँछिन् । ‘मानिसहरु पुरुषको जुँगा हुन्छ, महिलाहरुले किन जुँगा राख्ने’ भनेर मेरो मजाक उडाउँछन्’, शायजा भन्छिन् ।

हालैका वर्षमा स्थानीय सञ्चारमाध्यमले कैयौं पटक उनको चर्चा गरेको थियो । ‘हालै स्थानीय न्यूज आउटलेटको फेसबुक पेजमा मैले आफैंसँग जोडिएको एक समाचारमा मैले हाँस उठ्दो कमेन्ट देखेको थिएँ’, उनी सम्झन्छिन् ।

त्यहाँ एक व्यक्तिले ‘आफ्नो आँखीभौंको थ्रेडिङ गर्नुहुन्छ, त जुँगामा ब्लेड किन लगाउनुहुन्नँ ? भनेर प्रश्न सोधेका थिए ।

‘के राख्ने, के नराख्ने त्यो मेरो कुरा हो’, उनी भन्छिन् । –बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन