नेभिगेशन
जीवनयापन

सल्लाघारीमा रुख ढलेर मृत्यु भएका तीन जनाको पहिचान खुल्यो

सल्लाघारी– भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उनले जानकारी दिनुभयो । बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा खटिएका प्रत्यक्षयदर्शीले बताएका छन् । बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुर नगरपालिका ७ गोलमडीका न्हुच्छेराम बोखाद्यौ, भक्तपुर नगरपालिका ३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो । तीमध्ये न्हुच्छेराम स्कुटी चालक थिए । प्रहरीका अनुसार न्हुच्छेराम बा ६१ प ३९७८ नम्बरको स्कुटीमा भक्तपुरबाट सल्लाघारीतर्फ जाँदै थिए ।यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ६ जनाको डा इबामुरा मेमोरियल अस्पतालमा उपचार गरिएको छ भने अन्य ६ जनाको मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार गरिएको छ । धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन