नेभिगेशन
समाचार

दुई छिमेकी देशबीच सन्तुलन कायम गर्नुपर्ने अध्यक्ष नेपालको भनाई

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दुई ठुला छिमेकीहरूको बीच सरकार र राजनीतिक दलले सन्तुलन कायम गरी अघि बढ्नुपर्ने बताउएका छन्। पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौँमा आज आयोजित विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति विषयक कार्यक्रममा अध्यक्ष नेपालले विश्व परिस्थिति अहिले पनि जटिल रहेकोले छिमेकी देशहरूको झगडामा नेपाललाई मुछ्ने काम नगर्न आग्रह गरे। अध्यक्ष नेपालले नेपाली जनतालाई स्वाधीनता, देशप्रतिको प्रेम प्यारो भएको भन्नुहुँदै अहिलेसम्म नेपालीहरू कुनै पनि देशबाट उपनिवेश हुनु नपरेको उल्लेख गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार