नेभिगेशन
समाचार

एमालेको सरकारलाई प्रश्नः गठबन्धन टिकाउन चुनाव नगर्ने मनशाय त होइन?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति तोक्न ढिलाइ गरेकोप्रति प्रश्न उठाएको छ। आइतबार प्रतिनिधिसभा बैठकको शून्‍य समयमा बोल्दै एमाले सांसद लालबाबु पण्डितले निर्वाचनको मिति तोक्न ढिलाइ भएकोप्रति सरकारसँग जवाफ माग गरेका हुन्। उनले भने, ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छरु गठबन्धनको गाँठागुठी नमिलेर हो किरु आशीर्वाद लिन गएको ठाउँमा आशीर्वाद नपाएर होकिरु या चुनाव नगराउने मनशायले गठबन्धन लामो समय टिकाउनको लागि हो की रु जनता जान्न चाहन्छन्, मैले सरकारसँग जवाफ माग गर्न चाहन्छुरु’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार