नेभिगेशन
समाचार

प्रेस युनियन निर्वाचन : संस्थापन इतर समूहका उम्मेदवारको अग्रता

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ । बागमती प्रदेशको राजधानी हेटौँडामा हिजो (शनिबार) भएको निर्वाचनको मतगणना जारी रहेको हो । आज बिहानदेखि मतपरिणाम पनि आउने क्रम सुरु भएको छ । प्रेस युनियनको अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र इतर समूहबाट शिव लम्साल उम्मेदवार छन् । अहिलेसम्म ६ सय मत गन्दा संस्थापन पक्षकी उम्मेदवार बिन्दु इतर समूहका लम्साल भन्दा ५५ मतान्तरले पछि रहेकी छन् । बिन्दुले २७१ प्राप्त गर्दा लम्सालले ३२६ मत पाएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा पनि इतर समूहका उम्मेदवारले अग्रता बनाएका छन् । संस्थापन पक्षका उम्मेदवार सरोज अधिकारीले २७८ पाउँदा इतर समूहका प्रेम केसीले २९५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार