नेभिगेशन
जीवनयापन

पत्थरी भएमा के गर्ने ?

पत्थरी भएमा पेट दुख्ने, फुल्ने, वायु बढ्नेजस्ता लक्षणहरु देखा पर्दछन् । पित्तथैलीमा पत्थरी भएमा ग्याष्ट्रिकमा जस्तै पत्थर पित्त नलीमा अड्किएमा कमलपित्त (जण्डिस) लाग्ने सम्भावना हुन्छ । कहिलेकाहीँ त्यसको प्रभाव कलेजोमा पनि पर्नसक्छ । मृगौलामा पत्थर जमेमा पिसाब फेर्न गाह्रो हुन्छ । साथै ढाड, कम्मर र पेट पनि दुख्छ ।

खान र गर्न नहुने कुराहरु : पत्थरीका रोगीहरुले चिल्लो, पिरो, अमिलो, बढी गरम मसला भएका खानेकुराहरुका साथै जाँड, रक्सी, चुरोट, खैनी खानु हुँदैन । र, चिया र कफी पनि धेरै पिउन हुँदैन ।

खान र गर्न हुने कुराहरु : प्रशस्त पानी पिउने, चिल्लो मसलारहित सादा खानेकुरा, फलफूल र रसाहार खानेकुरा मात्र खाने । फलफूलमा स्याउ, सुन्तला, उसिनेको रस खाने, गहतको गेडा वा दाललाई फलामको कराहीमा घण्टौँ पकाएर २/३ गिलास रस नियमित खाने । भिजाएको गहत २५/३० दाना जति खाली पेटमा काँचै चपाएर खाँदा पनि यसले राम्रो फाइदा गर्छ । साथै खानपानमा विशेष ध्यान दिई चिकित्सकसँग सल्लाह लिँदै स्वास्थ्य उपचार पनि गर्दै जानुपर्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन