नेभिगेशन
जीवनयापन

मंकिपक्स प्रकोपविरुद्ध डब्लुएचओद्वारा स्वास्थ्य आपतकालको घोषणा

न्यूयोर्क–मंकिपक्सको विश्वव्यापी प्रकोपलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । भाइरसका विषयमा संगठनको दोस्रो बैठक बसेपछि यो निर्णय गरिएको हो । संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले विश्वका ७५ देशमा करिब १६ हजार केस बाहिर आइसकेको बताए । हालसम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस र पोलियो उन्मुलनका लागि मात्र विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । –बीबीसी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन