नेभिगेशन
जीवनयापन

शुक्रबार साँझदेखि हराइरहेका व्यक्तिको शव इनारमा फेला

सिरहा - हिजो (शुक्रबार) साँझदेखि घरबाट हराइरहेका एक व्यक्तिको शव सिरहाको गोलबजार नगरपालिका-९ डन्डा टोलस्थित एक इनारमा भेटिएको छ ।

प्रहरी र सेनाको टोलीले शनिबार बिहानदेखि इनारबाट शव निकाल्ने प्रयास गरे पनि सफल भइरहेको थिएन । दिउँसो करिब साढे १ बजेतिर जनकपुरबाट आएको प्रहरी टोलीले शव निकालेको हो ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले आफूहरूले नसकेपछि जनकपुरबाट आएको टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । प्रहरी निरीक्षक केसीका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धानसहित मुचल्का उठाएर शव पोस्टमार्टमका लागि लहान पठाउने तयारी गरिएको छ ।

स्थानीयका अनुसार इनारमा भेटिएको शव स्थानीय करिब ४५ वर्षीय रामजतन पासवानको हो । शुक्रबार साँझदेखि हराइरहेका पासवानको चप्पल र गन्जी इनार नजिकै फेला परेको प्रहरीले जनाएको छ । घटना भवितव्य वा नियोजित के हो भन्नेबारेमा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना