नेभिगेशन
जीवनयापन

स्वास्थ्यमन्त्री खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै

काठामाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । चक्कर लाग्ने र बान्ता हुने समस्या भएपछि मन्त्री खापुङ उपचारका लागि वीर अस्पतालमा पुगेका छन् ।

चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि मन्त्री खापुङको हाल स्वास्थ्य परीक्षण र उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले जानकारी दिएका छन् । उनले मन्त्री खापुङले ‘चक्कर लागेको र बान्ता भएको बताएको जानकारी दिंदै स्वास्थ्य परीक्षणको काम भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना