नेभिगेशन
समाचार

अबको निर्वाचनमा कुनै एउटा दललाई वहुमत ल्याई दिन मात्र तालमेल हुँदैन : खनाल

काठमाडौं - सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने बताए । उनले तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताए । नेपाली कांग्रेसप्रति लक्षित गर्दै नेता खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निणर्य गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताए ।

उनले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने पनि उनले बताएका छन् । अहिले वाम एकताको खाँचो रहेको बताउँदै नेता खनालले यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने बताए ।

उनले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने भन्दै यसका लागि नेकपा (एमाले) को नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार