नेभिगेशन
समाचार

ओलीको आरोप : एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीले गठबन्धन गरे

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादीले गठबन्धन गरेको आरोप लगाएका छन् ।

आज (शनिबार) ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे ।

उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए ।

उनले भने, ‘मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्तिहरु, ती हितहरुको संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमै विभाजित गर्न खोज्छन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्‍यो । यो गठबन्धन के हो ? अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यबद्ध रहेको पनि बताए । मजदुरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनको भनाई थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार