नेभिगेशन
समाचार

प्रकाशमानको दावी : विकल्पको नाममा खुल्दै गरेका पार्टीले केही गर्न सक्दैनन्

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भर्खरै खुल्दै गरेका पार्टीले विकल्पको नाममा केही गर्न नसक्ने दावी गरेका छन् ।

परिवर्तनका लागि योगदान गरेका कांग्रेस, एमाले जस्ता पार्टीहरुलाई समेत काम गर्न मुस्किल परिरहेको भन्दै उनले नयाँ दलले काम गर्न नसक्ने टिप्पणी गरेका हुन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले हिजो समाज र देश परिवर्तन गर्छु भनेर काठमाडौंमा चुनाव लड्न आएकाहरु आफूमात्र परिवर्तन भएको आरोप लगाए ।

‘अहिले नयाँका नाममा जुन अनावश्यक भ्रम फिजाउन खोजिँदैछ । त्यसले मुलुकमा लोकतन्त्र ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन दलहरुले खेलेको भूमिकालाई ओझेलमा पार्न खोज्नु मुलुककै लागि दुखद् हो,’ उनले भने ।

सामाजिक सञ्जालमार्फत नेता बन्ने लहर चलेको उल्लेख गर्दै उनले रहर गर्नु नराम्रो नभए पनि राजनीतिक आन्दोलनमा कहिँ नदेखिने र जनतालाई समस्या पर्दा कतै नभेटिनेहरुले जनताको सेवा गर्छन् भन्ने विश्वास गर्न नसकिने उनले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार