नेभिगेशन
समाचार

यस्ता छन् राप्रपा केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय (सूची)

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक विभिन्न १५ निर्णय गर्दै सकिएको छ ।  साउन ५, ६ र ७ गते राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न १५ निणर्य गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायतको उपस्थिति थियो । राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनालगायतका विषयमा जारी आन्दोलनलाई निरन्तर सञ्चालन गर्ने निणर गरेको छ ।

‘साउन महिनाभित्र सञ्चालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यका केन्द्रित जन संघर्षका कार्यक्रम सञ्चालन गरिनेछ,’ राप्रपाको निणर्यमा भनिएको छ, ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तितो अनुभवलाई मध्यनजर गर्दै, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ ।’

सरकारले महँगी नियन्त्रण गर्न नसकेको, किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको, करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाउने जस्तो घोर अनैतिक कार्यमा संलग्न भएको, भ्रष्टाचार बढेको जस्ता कारणले यो गठबन्धनको सरकार राज्य सञ्चालनमा पूणर्तः असफल भएको निष्कर्ष राप्रपाले निकालेको छ ।

संवैधानिक राजसस्था सहितको प्रजातन्त्र र सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना, तीन तहको संघीयता होइन प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनाको मुद्दालाई राप्रपाले कार्यनीति बनाउने निर्णय मा बताएको छ । हेर्नुस् राप्रपाले गरेका निणर्यहरु

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार