नेभिगेशन
जीवनयापन

तीन हजार एम्पुल लागुऔषधसहित युवक पक्राउ

वीरगञ्ज - प्रहरीले पर्साको वीरगञ्जबाट ३ हजार १९ एम्पुल लागु औषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घर भएका ३१ वर्षका अनिलकुमार मण्डल छन् ।

बिआर-०७ वाई-८२०१ नम्बरको मारुती कारमा भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको पर्साका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । शुक्रवार साँझ रजतजयन्ती चोकबाट पक्राउ गरेर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले मण्डलको साथबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल बरामद गरेको छ । आरोपीको साथबाट १७ सय ८५ ट्याब्लेट नाइट्रोभेट पनि बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना