नेभिगेशन
जीवनयापन

आज यी खोला-नदीमा बढीको जोखिम, होशियारी अपनाउन आग्रह

काठमाडौं - देशका धेरै स्थानमा आज (शनिबार) पनि बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जसका कारण आज कोशी, नारायणी र यसका सहायक नदीहरूको बहाव आज उल्लेख्य बढ्नेछ । यद्यपि, सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरू कणर्ाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

केही स-साना नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले नदीका तटीय क्षेत्रमा रहनेहरूले होशियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना