नेभिगेशन
समाचार

पुष्पलालको शालिकमा माल्यार्पण (तस्वीरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

४४ औँ स्मृति दिवस अवसरमा अध्यक्ष ओली लगायतका नेता कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमाले नेताहरु इश्वर पोखरेल, विष्णु रिमाल, विष्णु पौडेल, कृष्णगोपल श्रेष्ठ, भानुभक्त ढकाल, उपमेयर सुनिता डंगोललगायत अन्य जनप्रतिनिधिहरुको उपस्तिथि रहेको छ ।

वैचारिक नेता पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उनको योगदान रहेको छ।

वि.सं. ११९८१ असार १५ गते रामेछापको भङ्गेरीमा उनको जन्म भएको थियो। वि.सं. २००५ मा विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा मार्क्सवादी विचारधाराको विधिवत् आरम्भ गरेका पुष्पलालले आफ्ना सहयोद्धासँग मिलेर विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार