नेभिगेशन
समाचार

अध्यक्ष प्रचण्ड सर्लाही जाँदै

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार सर्लाही जाने भएका छन् ।

पार्टी प्रवेश कार्यक्रमका लागि प्रचण्ड सर्लाही जान लागेका हुन्। प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सर्लाही जाने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ।

माओवादीको बागमती नगर समितिले शनिबार दिउँसो बागमती–८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै छ।

कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा, एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्कासहित हजारभन्दा धेरै नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्ने माओवादी केन्द्रका नेतासमेत रहेका बागमती नगरपालिकाका मेयर भरत थापाले दाबी गरे।

माओवादी केन्द्रले पार्टी प्रवेश कार्यक्रम गरेर आगामी निर्वाचनमा पनि सर्लाही ३ मा आफ्नो विजय सुनिश्चित रहेको सन्देश दिन खोजेको चर्चा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार