नेभिगेशन
जीवनयापन

गजल: म अँनिदैछु प्यारी

म अँनिदैछु प्यारी मलाई निदाउँन देउ सपना बनेर प्यार आँखामा आउँन देउ महसुस विना त माया नहुँदो रैछ सानी झरनासरि त्यो केशले सुम्सुम्याउँन देउ डुंगामा सरर चढि तिम्रै दिलको समिप मायाको बाछिटाले मुहार भिजाउँन देउ नजरका तिम्रै किरणहरु छरेर वरिपरि ईन्द्रेणि रङ्गहरू पिरतिका छाउँन देउ केहिक्षण भएनि मलाई नबिथोल प्रिय अबिरल मायाका तरंगहरू बगाउँन देउ (ठूलिपोखरी, पर्वत स्थायी घर भएका गजलकार हाल टोरन्टो, क्यानडामा बसोबास गर्छन् ।)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना