नेभिगेशन
समाचार

सङ्घ र प्रदेशको चुनावको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

मकवानपुर – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घ र प्रदेश सभाको चुनावको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज शुक्रवार हेटौँडामा उद्घाटन गर्नुहुँदै उनले सरकारले आम चुनावका लागि आवश्यक तयारी गरिरहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘सरकार चुनावको तयारीमा जुटिरहेको छ । चुनावलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’ उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे । उनले भने, ‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूूर्ण रहेको छ ।’ कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले सत्य–तथ्य सूचनाले मात्रै देशको विकास हुने उल्लेख गरे । लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता आवश्यक रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार