नेभिगेशन
समाचार

पार्टी महाधिवेशनको झल्को दिने गरि युनियनको उम्मेदवारी शुल्क 

काठमाडौँ– नेपाल प्रेस युनियनले उम्मेदवारी शुल्क पार्टीको भन्दा महँगो गरेको छ। हेटौँडामा जारी युनियनको ९औँ महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिले निश्चित रकम तिर्नु पर्ने छ।  अध्यक्षको उम्मेदवारीको लागि ३० हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ भने बरिष्ठ उपाध्यक्ष र महासचिवका लागि रु २५ हजार शुल्क तिर्नु पर्ने छ।  यसैगरी उपाध्यक्ष, उपमहासचिव, सचिव, कोषध्यक्ष र लेखा समितिको संयोजकका लागि २० हजार शुल्क निर्धारण गरिएको छ भने केन्द्रीय सदस्य र लेखा समिति सदस्यका लागि १५ हजार शुल्क निर्धारण गरिएको छ।  नेपाली कांग्रेसको शुभेच्छुक संस्था युनियनले पार्टीको जत्तिकै शुल्क तय गरेको हो। गत मङ्सिरमा भएको पार्टीको महाधिवेशनमा पनि सभापतिमा मनोनयन दर्ता गर्नका लागि ३० हजार रुपैयाँ दस्तुर तय गरिएको थियो । उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्नका लागि २५ हजार दस्तुर तय गरिएको थियो । महामन्त्रीमा मनोनयन दर्ता गर्नका लागि २० हजार रुपैयाँ दस्तुर लगाइएको थियो । केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नका लागि १० हजार रुपैयाँ तोकिएको थियो । एमालेको कम  गत मङ्सिरमै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा पनि उम्मेदवारी शुल्क तोकिएको थियो। फरक भनेको नेकपा एमालेको अध्यक्षका उम्मेदवारीको लागि तोकिएको शुल्क र युनियनको केन्द्रीय सदस्यका लागि तोकिएको शुल्क बराबर छ।  एमालेले अध्यक्ष पदका लागि १५ हजार शुल्क तोकेको थियो। यस्तै, केन्द्रीय पदाधिकारी र आयोगका अध्यक्षका लागि १० हजार शुल्क निर्धारण गरेको थियो। एमालेले केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यका लागि ५ हजार उम्मेदवारी शुल्क तोकेको थियो।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार