नेभिगेशन
समाचार

‘व्रिटिस गोरखा र तीनका सन्तानलाई बंशजको नागरिकता दिनुपर्छ’

काठमाडौँ - नेकपा एमालेका सांसद शेरबहादुर तामाङले व्रिटिस गोरखा र तीनका सन्ततीहरुलाई वंशजको नागरिकता निरन्तरता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद तामाङले नागरिकतामा समानताको हक लागू हुनुपर्ने बताए । ‘व्रिटिस गोरखा सेनाहरु नेपाल सरकारले त्यतिबेला सम्झौता गरी बेलायत गएका हुन् । गैरआवासीयसम्बन्धी व्यवस्थामा यो दफाले व्रिटिस गोरखा र तीनका सन्ततीहरुलाई बंशजको नागरिकता निरन्तरता दिन कुनै बाधा पर्ने छैन भनेर उल्लेख गर्नैपर्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार