नेभिगेशन
समाचार

नेकपा एसका जनप्रतिनिधिलाई सर्तै सर्त (सूचिसहित)

काठमाडौं– नेकपा (एकिकृत समाजवादी)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यदिशा अनुरुप स्थानीय तहमा समाजवादउन्मुख काम गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा २ दिने अभिमुखीकरणमा भेला भएका जनप्रतिनिधिले पार्टीको घोषणापत्रलाई लिएर आगामी ५ वर्ष जनता र पार्टीको प्रतिनिधिका रुपमा काम गर्ने भन्दै काठमाडौं प्रतिबद्धतापत्र तयार पारेका छन् । प्रतिबद्धतापत्रमा १६ बुँदा समेटिएको छ । आफूहरू सादा जीवन, उच्च विचारका साथ जीवन बिताउने, भ्रष्टाचार ढिलासुस्तीजस्ता कार्यलाई समाप्त पार्न संघर्ष गर्ने, जनताका आधारभूत आवश्यकतामा प्राथमिकता दिने, आफ्नो क्षेत्रको बजेट र स्रोतलाई सदुपयोग गर्ने पनि उनीहरूको प्रतिबद्धता छ ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार