नेभिगेशन
समाचार

सीसीटीभी फुटेज रिकभर गर्नेबारे छानबिन समितिले विज्ञसँग छलफल गर्दै

काठमाडौँ– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरि करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले थप प्राविधिक अनुसन्धान गर्ने भएको छ। अहिलेसम्म अर्थ मन्त्रालयका दुई सचिव सहित बजेट निर्माणमा सहभागी भएका सहसचिवहरुसँग बयान लिएको समितिले अब सीसीटीभीको फुटेजसम्बन्धि प्राविधिक अनुसन्धान गर्ने भएको हो ।त्यसका लागि अहिले सिंहदरबारमा समितिको बैठक बसिरहेको छ। समितिले माग गरेको दिनको सीसीटीभी फुटेज मन्त्रालयले उपलब्ध नगराएपछि समितिले फुटेज रिकभरी गर्ने लगायत विषयमा प्राविधिक अनुसन्धान गर्ने भएको एक सदस्यले जानकारी दिए । सीसीटीभी फुटेज रिकभर लगायतका प्राविधिक कामका लागि नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र नेपाल प्रहरीको साइबर ब्यूरोका विज्ञसँग छलफल गर्न लागिएको समितिका एक सदस्यले जानकारी दिए । आज सीसीटीभीका विषयमा विज्ञहरूसँग छलफल हुँदै छ। तत्कालीन अर्थमन्त्री शर्माले ०७९।८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । घटनाबारे छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको छ । १० दिनमा प्रतिवेदन बुझाउने गरि गठन भएको समितिको ७ दिन बितिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार