नेभिगेशन
समाचार

कवाडीले भरिएको राखेपको पाैडी पोखरी (तस्वीरहरू)

काठमाडौँ– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को परिसरमा रहेको पौडी पोखरी दयनीय अवस्थामा पुगेको छ । राखेपको भवन पछाडि रहेको यो पोखरीमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुदको पौडी प्रतियोगिता भएको थियो । २०७२ सालको भूकम्पका कारण भत्किएको यो पौडी पोखरीमा अहिले पानी होइन थोत्रा गाडी, कुर्सीहरू, ट्यांकी, जस्तापातालगायत थोत्रा सामानको थुप्रो देख्न पाइन्छ। १२ फिट गहिराइको स्वीमिङ पुल भत्किएको ७ बर्ष पूरा हुँदा पनि पुनर्निर्माण हुन नसकेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार